Logo

सिके राउतसँगको सम्झौता स्वागतयोग्य, तर सल्लाह गरेनन् : देउवा



काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँगको सम्झौतापछि पनि पृथकतावादी गतिविधिलाई यथावत राख्ने सीके राउतको गतिविधि राष्ट्रघाती भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले राउतसँग सहमति गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह नगरेको उनले स्पष्ट पारे ।

आज (मंगलबार) पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि टुक्र्याउने मनसायले हुने गतिविधि सह्य नहुने बताए ।

सरकारसँग सम्झौता भएपछि पनि सीकेले राष्ट्रघाती गतिविधि जारी राखेको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । राउतले जनमतसंग्रह गरेर देश टुक्राउने अभिव्यक्ति दिइरहेकोमा कांग्रेस यसको खिलापमा देउबाले बताए ।



प्रतिक्रिया दिनुहोस्