Logo

सिके राउत कहाँ छन् र के गर्दैछन् ?



काठमाडौं, २८ फागुन । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आउने भनिएका सिके राउत समर्थक समूहले स्वतन्त्र मधेशको नारा लगाएपछि सरकार झस्किएको छ । तर, सरकारसँग सहमति गरेलगत्तै राउत एकाएक गायब भएका छन् ।

उनका दाई जयकान्त राउतले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार सिके राउत यतिवेला जनकपुरमा छन् । उनी अब कसरी प्रस्तुत हुने भन्दै रणनीति बनाउनमा व्यस्त छन् । सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन नहुने हो कि भन्नेमा सरकार सचेत छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि संसदमा सांसदहरुको प्रश्नको उत्तर दिँदै राउतले सहमति पालना गर्ने विश्वास दिलाएका थिए ।

दाजु जयकान्तका अनुसार राउत नेकपामा प्रवेश गर्ने तयारीमा छैनन् । उनी केही समय मधेशी जनताको अधिकारको लागि लड्ने तयारीमा छन् । स्वतन्त्र मधेशको अधिकार स्थापित गर्नेबारे जनमतसंग्रह गर्नुपर्ने अडानमा रहने वा आवद्यिक निर्वाचनमा जाने भन्नेबारे राउत अहिले आन्तरिक छलफलमा छन् ।

राउतले मूलधारको राजनीतिमा आउने घोषणा गरेसँगै मधेसका राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणले आ–आफ्नै ढङ्गले तर्क र व्याख्या गरिरहेका छन् । पृथकतावादी माग राखेर हिँडेका राउत एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेर मूलधारको राजनीतिमा अवतरण भएको घोषणा भएपछि मधेसमा जातीय तथा क्षेत्रीय राजनीति गर्नेहरु पनि आश्चर्यमा परेका छन् ।

FILE PHOTO : Mukunda Kalikote/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्