Logo

अब को बन्छ प्रमुख निर्वाचन आयुक्त ?



काठमाडौं, २८ फागुन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र आयुक्त ईला शर्माको दुई हप्तापछि अवकाश पाउने भएका छन् । उनीहरुको अवकाशपछि आयोगको प्रमुख आयुक्त को बन्ने भन्नेबारे बहस सुरु भएको छ ।

क्रमशः सुधिर शाह, नरेन्द्र दाहाल र ईश्वरी प्रसाद पौडेलमध्ये एक जना प्रमुख आयुक्त बन्ने निश्चित् छ । स्रोतका अनुसार पौडेल कांग्रेसनिकट भएकाले उनको प्रमुख आयुक्त बन्ने सम्भावना छैन । शाह र दाहालमध्ये एक जना प्रमुख आयुक्त बन्ने निश्चित् छ ।

शाह नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् भने दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको मान्छे हुन् ।



प्रतिक्रिया दिनुहोस्