Logo

‘विप्लवमाथि प्रतिबन्ध लगाउनु निन्दनीय’



काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको प्रतिक्रिया दिएको छ ।

आज अध्यक्ष मोहन बैद्य ‘किरण’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उसले जारी गरेको विज्ञप्तीमा भनिएको,‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’  सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको भोलिपल्ट आज बुधबार बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्