Logo

राष्ट्रपति आज स्वदेश फर्कँदै



काठमाण्डौ,१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर आव स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गर्नुभएको थियो ।

दिउसो साढे ३ बजे कतार एयरलाइन्सबाट नेपाल आइपुग्ने कार्यक्रम रहेपनि राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ । अधिवेशनमा भाग लिन उहाँ सोमबार अमेरीका जानुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्