Logo

रेल्वेको प्रगतिबारे निरीक्षण



धनुषा, २ चैत : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गर्नुभएको छ । उहाँले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गर्नुभएको छ ।

उहाँ अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए । पुरी र उहाँको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरीे निरीक्षण गर्नुभएको थियो ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्