Logo

मोदीले आफ्नो नाम अघि ‘चौकिदार’ थपे



नयाँ दिल्ली, ३ चैत्र ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा आफ्नो नाम अघि ‘चौकिदार’ थपेका छन् । उनको यो कदमलाई भाजपाका वरिष्ठ नेताहरुले समर्थन गरेका छन् ।

आइतबार बिहानसम्म भाजपा अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल, स्वास्थ मन्त्री जेपी नड्डा र कयैन अन्य सत्तारुढ नेताहरुले आफ्नो नाम अघि चौकिदार राखेका छन् ।

नाम बदलेका मन्त्रीहरुले ट्वीट गरेर आफ्नो लक्ष्यबारेमा जानकारी दिएका छन् । उनीहरुले ‘म पनि चौकिदार’ र ‘फेरी पनि चौकिदार’ ह्यासट्याग जोडेर पोस्ट गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्