Logo

सिके राउतलाई मूलधारमा ल्याएर सरकार सफल भएको उपेन्द्रको दाबी, विप्लवलाई प्रतिबन्ध सही



मोरङ, ३ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले सिके राउतलाई मूलधारमा ल्याएर सरकार सफल भएको दाबी गरेका छन् ।

आईतबार विराटनगर एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले मुलुक विखण्डन गर्न खोज्ने समूहलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै सरकार सफल भएको जिकिर गरे ।

उनले सिके राउतसँग भएको सम्झौतालाई गलत अर्थ लगाउन नहुने तर्क समेत गरे । उनले भने,‘तर, यहाँ सरकार र राउतबीच भएको सहमतिलाई गलत अर्थ लगाउन खोजिएको छ।’

त्यस्तै, उनले शान्ती सुरक्षा खलबलाउन खोज्ने विप्लव समूहलाई प्रतिवन्ध लगाएर सरकारले आफ्नो दायित्व पूरा गरेको टिप्पणी गरेका छन् । यादवले भने,‘ जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले कानून विपरीत हुने जुुनसुकै काम सरकारले निषेध गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्