Logo

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं,४ चैत  । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।  मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर आएको पराकम्पनको धक्का काठमाडौंसम्म महसुस गरिएको हो ।

सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यो नयाँ भूकम्प नभइ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्