Logo

सानेपमा दुई समूहको बैठक बेग्लाबेग्लै, होला त सहमति ?



काठमाडौं, ४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बेग्लाबेग्लै बैठक बसिरहेको छ । स्रोतका अनुसार सहमतिको लागि बुढानिलकण्ठमा हिजोपनि नेताहरुको बैठक बसेको थियो । तर, सहमति हुन नसक्दा आजपनि सहमतिको प्रयास खोजिएको हो ।

पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बैठक बोलाईएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्