Logo

पूर्वराजा ज्ञानेन्द्रलाई प्रत्यक्ष देखेकै छैन, कहाँबाट गोप्य भेटवार्ता गर्नु ? : भारतीय राजदुत पुरी



काठमाडौं, ६ चैत्र । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले आफू र पूर्वराजा ज्ञानेन्द्र शाहबीच गोप्य भेटवार्ता भएको भन्ने समाचारको खण्डन गरेका छन् ।

बुधबार पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै राजदुत पुरीले आफूले अहिलेसम्म पूर्वराजा शाहलाई प्रत्यक्ष रुपमा नदेखेको जिकिर गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र राजदूत पुरीबीच जनकपुरमा भेटवार्ता भएको समाचार आएकै दिन उनले यस्तो स्पष्ट पारेका हुन् ।

आफ्नो दुई वर्षको नेपाल बसाईमा अहिलेसम्म पूर्वराजा शाहलाई प्रत्यक्ष नदेखेको राजदुत पुरीको दाबी छ । उनले भने,‘मैले अहिलेसम्म पूर्वराजालाई प्रत्यक्ष देखेको छैन, कहाँबाट भेट्नु ?’



प्रतिक्रिया दिनुहोस्