Logo

महिला फुटबल फाइनल आज : नेपालले भारतलाई जित्न सक्ला ?



काठमाडौं ८ चैत । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ।विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका छन्।

भारतीय प्रशिक्षक मायामोल रक्कीले भनिन् – हरेक प्रतिस्पर्धा नयाँ हो र हामी विगत वा इतिहासमा विश्वास गर्दैनौँ।

प्रतियोगिताको पाँचवटै संस्करणमा भारतसँग पराजित भएको नेपाल पनि इतिहास बिर्सन चाहन्छ। बरु पहिलो पटक नयाँ इतिहास कोर्ने आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा नेपाल देखिएको छ।

प्रशिक्षक हरि खड्का भन्छन् – “हामी अहिले यस्तो अवस्थामा छौं। जहाँ खुलेर भन्न सक्छौँ की परिस्थिति इतिहास विपरीत हुनेछ। नेपाली टोली जितको लक्ष्य लिएर मैदानमा उत्रिन सक्षम छ। त्यो नयाँ इतिहास भोलि लेखिनेछ।”

विहीवार दुवै टोलीका सदस्य एवं अधिकारीहरूले रमाइलो गरि होली मनाए पनि शुक्रवार भने दुवै टोली एकअर्कालाई हराउने दाउमा देखिन्छन्।

नेपाल र भारत दुवै राष्ट्रसँग खेलेर प्रतियोगिताबाट बाहिरिसकेको बांग्लादेशी टोलीका प्रशिक्षकले पहिलो पटक नेपाललाई भारत भन्दा बलियो प्रतिद्वन्द्वी भनि चित्रण गरे।

विश्लेषकहरु भन्छन् अझै पनि भारतलाई जित्नु नेपालको लागि कठीन परीक्षा हुनेछ। तर उनीहरू भन्छन् – चुनौती पार गर्ने केही ठोस आधारहरू नेपाली पक्षमा छ।



प्रतिक्रिया दिनुहोस्