काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार मन्त्री यादवले मन्त्रिपरिषदको बैठकमै अमर्यादित हर्कत देखाएकोले प्रधानमन्त्री ओली उनीसँग रुष्ट छन् ।
‘क्याविनेट–सिष्टम’ नमान्ने खालको हर्कत देखाएकोले प्रधानमन्त्री ओलीले उनीविरुद्ध कडा ‘एक्शन’ लिने बालुवाटार स्रोतको दाबी छ । स्रोतले भन्यो,‘आफूले सिफारिश गरेको मान्छे नियुक्त नभएकोमा मन्त्रिपरिषदको निर्णय नै च्यातिदिनुभयो ।’
यादवको ठाउँमा ओलीले पूर्वमन्त्री सोमप्रसाद पाण्डेलाई ल्याउने तयारी गरेका छन् । त्यस्तै, पर्यटनमन्त्रीमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लैजाने ओलीको तयारी छ । सञ्चारमा योगेश भट्टराईलाई ल्याउने नेकपाको तयारी छ ।