कैलाली, १३ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारमाध्यमलाई सरकारको हरेक अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।
धनगढीमा आयोजित प्रेस क्लबको उद्घाटन समारोहमा आज उहाँले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । मुख्यमन्त्री भट्टले समाज सुधारको बाटो सञ्चारमाध्यमले देखाउन सक्ने भएकाले त्यसका लागि सञ्चारमाध्यमको भूमिका बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशका प्रमुख न्यायाधिवक्ता कुलानन्द उपाध्यायले वर्तमान समयमा विकास र समृद्धिलाई मार्ग बनाउँदै निष्पक्ष पत्रकारिकताको खाँचो आँैल्याउनुभयो । प्रेस क्लबका अध्यक्ष हेमन्त पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीले क्लबले यहाँका समसामयिक विषयलाई बहस र छलफलमार्फत उठाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सुझाव दिएका थिए । रासस