Logo

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला



काठमाडौं, १४ चैत । सरकारले पानीजहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई पानी जहाज कार्यालयको रजिष्ट्रार नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाका अनुसार चैत ७ र ११ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार संयुक्त रुपमा सार्वजनिक गर्दै पानी जहाज कार्यालयको रजिष्ट्रारमा कोइरालालाई नियुक्त गरेको जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्