काठमाडौं ।विश्वकप फुटबल विजेता फ्रान्सका महत्वपूर्ण सदस्य मानियका लुकास हर्नान्डेज बार्यन म्युनिखमा अनुबन्ध भएको खवर सार्वजनिक भएको छ ।
२३ बर्षीय लुकासलाई जर्मन क्लब बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबनध गरेको सार्वजनिक गरेको हो ।समाचारहरुमा जनाईए अनुसार उनी पाँच बर्षका लागि झण्डै ८० मिलियन युरोमा अनुबन्धन भएको जनाइएको छ ।सेन्टर डिफेन्स र बाँया डिफेन्स दुवैबाट खेल्न सक्ने उनि आफ्नो खेल कलाबाट सवैलाई मोहितपार्न पनि निक्कै जानकार छन ।
विश्वकपमा सबै खेल खेलेका उनले फ्रान्सबाट मात्रै १५ अन्तराष्ट्रिय म्याच खेलिसकेका छन ।एथ्लेटिको मड्रिडबाट युरोपा लिग र सुपर कप जितेका लुकास जुलाई १ बाट बायर्न म्यरुखिनसँग जोडिन लागेका हुन ।एजेन्सी