Logo

नेपालले विश्वसामू आफ्नो चिनिने गरी ‘प्रोफाईल’ बनाएको छ : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, १७ चैत ।  परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रिपोर्टर्स क्लब नेपाल सबैको साझा चौतारी भएको बताए । उनले भने,‘क्लबले ईस्यु अफ द डे पक्रिएर आफूलाई जीवन्त तुल्याएको छ ।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ज्ञवालीले आगामी दिनमा यसको स्तरीयता कायम गरोस् । मुलुकको समसामयिक विषयमा क्लब र यसका अध्यक्ष ऋषि धमलाले जीवन्त छफल गराउनुहुन्छ । क्लब साझा चौतारी हो ।’

मन्त्री ज्ञवालीले विषयवस्तु छनौटको मानक कायम गरेर जान सकोस भन्दै क्लबलाई आगह गरे । पछिल्लो समय ‘भिजिवल नेपाल’ प्रोफाईल बनेको पनि उनको भनाई छ । नेपाललाई उदाउँदो ताराको रुपमा विदेशीहरुले चित्रण गरेको पनि उनको तर्क छ । उनले थपे,‘हामी सबैसँग मित्रता कायम गर्ने र कसैसँगपनि शत्रुता कायम गर्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्