Logo

मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्छ : पूर्व अर्थमन्त्री डा. महत



काठमाडौं, १७ चैत ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उनले भने,‘सरकारले प्रतिपक्षसँग सल्लाह गर्नुपर्छ । मुलुकमा राजनीतिक संक्रमण अन्त्य भयो । अब विकास र समृद्धिको लागि भाषणबाजी गरेरमात्रै हुँदैन् । काम गर्नुपर्छ ।’

महतले क्लब २१ औं वर्षमा प्रवेश गरेकोमा बधाई दिए । उनले भने,‘रिपोर्टर्स क्लब नेपाल स्थापना भएको भर्खरैजस्तो लाग्छ, तर कति चाँडो समय बितेछ । स्थापनाकालदेखि नै ऋषिजीले धेरै मेहनत र प्रयास गर्नुभएको छ । त्यसैले पर्याप्त हैसियत बनाउनुभयो । म निकै प्रभावित छु ।’
पत्रकार धमला लागिसकेपछि कुनै कुरापनि नछोड्ने उनको तर्क छ ।

उनले भने,‘आज क्लब शक्तिशाली मिडिया फोरम बनेको छ । लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि क्लबले अतुलनीय भूमिका निर्वाह गरेको छ ।’ उनले नेपाललाई विश्वको सदासहायता रहेको बताए । उनले थपे,‘नेपाललाई सँधै सबैको सदासहायता छ ।’



प्रतिक्रिया दिनुहोस्