काठमाडौं, १८ चैत । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् ।
भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने नेम्वाङले बताएका छन् ।