थाइल्याण्डमा गत मार्च २४ मा भएको निर्वाचनबाट २५ भन्दा कम पार्टी विजयी भएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार तल्लो सदनका ५०० सिटमा २५ भन्दा कम पार्टीहरुले मात्रै भाग पाएका हुन् । थाइल्याण्डमा कुल ५०० सिट मध्ये ३५० जना सांसद प्रत्यक्ष निर्वाचनबाट आउछन् भने १५० जना पार्टीले पाएको मतका आधारमा सिटको भागबण्डा हुन्छ ।
निर्वाचनबाट पालङ प्रचा रथ पार्टीले सबैभन्दा धेरै मत पाएको छ भने फिउ थाइ पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।
कूल पाँच सय सिटमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको हो भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।
थाइल्याण्डको संसदको माथिल्लो सदनमा भने २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।
सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत महिना पहिलो पटक आम निर्वाचन भएको हो । पटकपटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि भने विभिन्न क्षेत्रबाट प्रश्न भने अहिले पनि उठाइएको छ । एजेन्सी