Logo

युट्युबमा नयाँ रेकर्डः ६२ घण्टामा १० करोड पटक हेरियो यो भिडियो (भिडियोसहित)



काठमाडौं,२६ चैत्र । दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ।

किल दिस लभु नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ।यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडिओले सर्वाधिक हेरिएको कीर्तिमान बनाएका छन्।

युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडियो

१। ब्ल्याकपिङ्क ( किल दिस लभ, पाँच करोड ६७ लाख
२। आरियाना ग्रान्डे, थ्याङ्कयु नेक्स्ट, पाँच करोड ५४ लाख
३। बीटीएस ( आइडल अफिशल, चार करोड ५९ लाख
४। टेलर स्विफ्ट ( लुक ह्वाट यू मेड मी डु, चार करोड ३२ लाख
५। एमिनेम ( किलसट, तीन करोड ८१ लाख
सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन्।ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो।

यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ुडु डु डुु भिडिओ युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडिओ बनेको थियो।युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो।यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्