Logo

खेलकूदको विकासका लागि भौतिक पूर्वाधारमा जोड दिइनेः मन्त्री विश्वकर्मा



दाङ, ६ वैशाख । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारमा जोड दिइने बताउनुभएको छ ।

आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आज तुलसीपुरमा कराते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले उत्साहका साथ खेलमा सहभागी हुन सबै खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले कराते प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अधुरो भएकामा दुःख व्यक्त गर्नुभयो ।

“मन्त्रालयले निर्माण कार्यलाई छिट्टै पूर्णता दिनेछ”, मन्त्री विश्वकर्माले भन्नुभयो । प्रदेश ५ मा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरेर भौतिक पूर्वाधार निर्माण गरिनु सकारात्मक कुरा भएको उहाँको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत कराते खेल शनिबार बिहान ८ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सातवटै प्रदेश, तीन विभागीय टोली र एनआरएनका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्