Logo

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक



वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा रु ८५ करोड ४० लाख ५२ हजार १२१ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९।९८ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ पुगेकोे छ । रु आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पूँजी भएको बैंकले रु ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप सङ्कलन गरेको छ । यस्तै बैंकले रु ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ ।विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा ०।४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०।३५ प्रतिशत थियो । बैंकको प्रति शेयर नेटवर्थ भने १३३ रुपैयाँ ९१ पैसा रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्