Logo

भूकम्पको ठूलो धक्का महसुस, धादिङको नौविसेलाई केन्द्रविन्दु



काठमाडौं ११ बैशाख । बुधबार बिहान राजधानीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । बिहान ६ :२९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले हल्लाएपछि धेरै मान्छे घरबाहिर निस्किएका थिए । यो गोरखा भूकम्पकाृे पराकम्प हो या नयाँ यकिन भएको छैन । भोलि २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्