Logo

राष्ट्रपतिको राजकीय भ्रमणमा सवारी रुट परिवर्तन



काठमाडौं,११ बैशाख । आज राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा छिमेक मुलुक चीनतर्फ जाँदै छिन् । राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट परिवर्तन गरिएको छ । लामो रुट प्रयोग गर्दा लामो समय सवारी जाम हुने तथा सर्वसाधारणले अनावश्यक हैरानी बेहोर्नुपरेको गुनासो बढेपछि गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको हो ।

यसअघि, राष्ट्रपति राजकीय भ्रमणमा निस्कँदा प्रयोग हुदै आएको शीतलनिवास हुँदै लाजिम्पाट, केशरमहल दरवारमार्गको दक्षिणगेट, भद्रकाली ,सिंहदरवार, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगलबाट एयरपोर्ट सडक प्रयोग हुने गरेको भएपनि यसपटक भने सवारी रुट परिवर्तितगर्दे शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्