Logo

सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्दै



ललितपुर,१३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्नुभयो ।

स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभयो । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उहाँले भन्नुभयो, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।”

एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उहाँको भनाइ छ ।वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”

प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व अधिकारीको भूमिका अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायको उपस्थिति थियो ।पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उहाँको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्