Logo

बेरोजगार युवाको संख्या नौ लाख



काठमाडौं १५ बैशाख । बर्सेनि नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला स्वदेशमा बेरोजगार युवाको संख्या नौ लाख रहेको तथ्य फेला परेको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा नौ लाख आठ हजार युवा बेरोजगार छन् । तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला रहेको विभागले जनाएको छ ।

श्रम बजारमा युवाको उपलब्धता भने ८० लाख छ ।

विभागले श्रम तथ्यांकको पछिल्लो परिभाषाअनुसार एक सातामा एक घण्टा पनि ज्याला पाउने कुनै काम तथा नाफा, नोक्सान बेहोर्ने गरी सञ्चालित कुनै पनि व्यवसायमा संलग्न नभएकालाई बेरोजगारको सूचीमा राखेको छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्