Logo

समृद्धिको प्रमुख आधार पर्यटन–मुख्यमन्त्री गुरुङ



पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि र विकास सम्भव भएकाले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताउनु भएको छ । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा निर्माण गरिने माछापुच्छ्रे हिमाल प्रतिविम्बित पार्क आज शिलान्यास गर्दै उहाँले यहाँका पर्यटकीय सम्भावनालाई ऊजागर गर्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ भन्नुभयो ।

फेवातालको संरक्षणका लागि सर्वोच्च अदातलको आदेश कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको मन्त्री सुब्बाले जानकारी दिनुभयो । विकासका निर्माणाधीन योजनाको गुणस्तरीयताका साथै समयमै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध छ भन्दै उहाँले निर्माण कम्पनीले आप्mनो दायित्व तथा जिम्मेवारीलाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पार्क निर्माण गरी सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्धारा संयुक्तरुपमा निर्माण गरिने ८० फिट अग्लो राष्ट्रिय झण्डासहितको सो पार्कका लागि रु चार करोड लाग्ने महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त रकममध्ये आलू आर्थिक वर्षमा दुवै सरकारबाट ५०÷५० लाख विनियोजन गरी पहिलो चरणको काम गर्न बिनु कन्स्ट्रक्सनलाई रु ७६ लाखमा जिम्मा दिइएको छ । फेवा बाँधको निकट रहेको उक्त पुरानो पर्यटकीयस्थल ड्यामसाइडस्थित करीब सात रोपनी जग्गामा निर्माण गरिने पार्क पुग्न पहिलो चरणमा फेवा नहरमा पक्की पुलनिर्माण गरिनाका साथै टिकट काउण्टर, रेष्टुरेष्ट, पानीका फहरा, फुटट्र्याक, बाल उद्यानलगायत विभिन्न संरचना तयार गरिने छ ।शिलान्यास समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको सहभागिता थियो ।रासस



प्रतिक्रिया दिनुहोस्