Logo

काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाइने



काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले तीनवटै सरकार सञ्चालनको अनुभव प्रयोग गरेर महानगरलाई व्यवस्थित र समृद्ध बनाइने बताउनुभएको छ ।

नेपाल सरकारका सचिवसमेत रहनुभएका न्यौपानेले आज महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्दै आफूले नगरवासीको इच्छा र चाहनाअनुरुपको विकासको काम गर्ने उल्लेख गर्दै त्यसका लागि जनप्रतिनिधि र कर्मचारीको पनि सहयोग आवश्यकपर्नेमा जोड दिनुभयो ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको निर्णयले सचिव न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा सिफारिश हुनुभएको थियो । यसअघि उहाँ प्रदेश १ का प्रमुख सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पदबहाली गर्नुअघि महानगरको सभाकक्षमा प्रशासन विभागले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले सङ्घीय नेपालको केन्द्रीय राजधानी शहरको छवि बढाउन सरोकारवाला सबै एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत विकास पद्धतिको स्थापना गरिने दृढता उहाँले व्यक्त गर्नुभयो ।

उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवद्र्धन गर्ने र संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम आफ्नो प्राथमिकतामा परेको भन्दै उहाँले काममा कर्मचारी, जनता र जनप्रतिनिधि पनि खुशी भए यसले मात्र सार्वजनिक संस्थाको गरिमा बढ्ने बताउनुभयो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत९सचिव० यादवप्रसाद कोइराला संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ । अघिल्लो चैत अन्तिम साता कोइराला महानगरमा नेपाल सरकारको पहिलो सचिवका रुपमा आउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्