Logo

सञ्चारकर्मी नेत्रविक्रम बिमलीले गरे १००औँ पटक रक्तदान



काठमाडौ । सञ्चारकर्मी नेत्रविक्रम बिमलीले एक सयौँपटक रक्तदान गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले रत्तदान गरेसँगै एक सयौंपटक भएको हो । प्रतिष्ठानका रक्तदान कार्यक्रम संयोजक तथा काठमाडौ क्षेत्र नम्बर ४ ९१० का प्रदेश सभासद माननीय नरोत्तम वैध, रक्तसञ्चार केन्द्रका उपनिर्देशक प्रकाश कुमार यादवले बिमलीलाई उक्त अवसरमामा सम्मान समेत गरिएको थियोे । पत्रकारितासँगै रक्तदानको क्षेत्रमा सक्रिय बिमली नेपालमै सर्वा्धिक रक्तदान गर्ने पत्रकारमा चिनिएका छन् ।

आमाको मुख हेर्ने दिन आमाको सम्मानमा आफूले रक्तदान गरेको उनले आफ्नो फेसबुक पेजमा लेखेका छ्न । आमाको मुख हेर्ने दिन तथा आफ्नो जन्म दिनको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रक्तदान गर्ने मौका पाएकोमा उनले खुशी व्यक्त समेत गरेका छ्न ।

नेपालमा रक्तदान कार्यक्रमलाई अगाडि बढाउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानको महत्त्वपूर्ण भुमिका रहेको छ ।प्रतिष्ठानले २०६७ असोज २८ गते देखि प्रत्येक शनिबार रक्तदान कार्यक्रम गर्दै आएको छ भने केही हप्ता देखि सोमबार पनि कार्यक्रम गर्न शुरु गरिएको वैद्यले बताए ।

रगतको अभाव हुन नदिन प्रतिष्ठानले रक्तसञ्चारलाई ठुलो सहयोग पुर्याएको र हाल सम्म १७ हजार भन्दा बढीले रक्तदान गरिसकेको र हाल रगतको अभाव समेत नरहेको रक्तसञ्चार केन्द्रका उपनिर्देशक प्रकाश कुमार यादवले जानकारी दिएका छ्न ।



प्रतिक्रिया दिनुहोस्