काठमाडौं,२३ बैशाख । बलिउड अभिनेता अक्षय कुमारको नागरिकताको विषय अहिले भारतमा चर्चाको बिषय बनेको छ ।भारतमा जारी लोकसभा चुनावमा अक्षयले भोट नगरेपछि उनको बिदेशी नागरिकताको विषय अहिले बहसको बिषय बनेको छ । उनीसँग क्यानडाको नागरिकता भएको भन्दै राष्ट्रियतामा प्रश्न उठाइएको छ ।
हालै अक्षयले आफूसँग क्यानडाको नागरिकता भएको स्विकारेका छन् । उनले भनेका छन्, ‘अहिले मेरो नागरिकताको विषयमा धेरै नकारात्मक कुरा आइरहेका छन् । यो कुरा मैले आस गरेको पनि थिइनँ । हो, मसँग क्यानडाको नागरिकता छ । तर, पछिल्लो सात वर्षदेखि म क्यानडा पुगेको छैन ।’
अक्षयले आफूलाई भारतको निकै माया लाग्ने पनि बताएका छन् । भारत आफ्नो कर्मभूमि भएको भन्दै उनले तर यो कसैलाई प्रमाणित गर्न जरुरी नभएको बताएका छन् । हालै अक्षयले अभिनय गरेको फिल्म ‘केशरी’ रिलिज भएको थियो । अहिले उनी ‘गुड न्युज’को छायांकनमा व्यस्त छन् ।एजेन्सीको सहयोगमा