Logo

राजकुमार ह्यारीलाई पुत्रलाभ



काठमाडौं,२४ बैशाख । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको थियो ।

सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू आजदेखि पिता भएको बताउनुभएको थियो । उहाँले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिनुभयो । सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उहाँहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गर्नुभएको हो । अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्