Logo

जिउँदा अक्टोपस खान खोजेपछी भिडियो बन्यो भाईरल



काठमाडौं,२६ बैशाख । प्राय समुन्द्र भएका देशहरुमा सामुद्रिक खानका परिकारहरु बढि रुचाउनु स्वभाविक हो । त्यस्तेमा एक चिनियाँ युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन चाहिन् । ब्लगर ती युवतीले जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन्, अक्टोपसले युवतीमाथी नै आक्रमण बनेर नाक नै टोकिदियो ।

https://www.youtube.com/watch?time_continue=3&v=XDdTuVUtdnI

अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई हम्मे हम्मे नै प¥यो । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा यसरी समात्यो कि, युवतीले बढो कष्टसाथ आफूलाई मुक्त पारिन् ।

युवतीको उक्त भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेकी देखिन्छिन् । अक्टोपसले चिथोर्दा उनको गालामा चोटसमेत लागेको देख्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस्