Logo

सोह्रखुट्टेको सानो भिडियो संसारभरि भाइरल (भिडियोसहित)



काठमाडौँ। अहिले सामाजिक सञ्जालमा एक जनाअमेरिकी पत्रकार  नाताली कम्पटनले खिचेको १५ सेकेन्डको भिडियो भाइरल भईरहेको छ । प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन्। उनले आफ्नो ट्विटरबाट काठमाडौँको सोह्रखुट्टेमा खिचिएको १५ सेकेन्डको सानो भिडियो सार्वजनिक गरेकी हुन ।

भिडियो ट्विटरमा अपलोड गरको केहि समयमानै ६१ हजार भन्दा बढिले रिट्विट गरेका छन् भने १ लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन्। उक्त भिडियोमा एउटा कुकुरले मालिकको हात समाएर दुई खुट्टा टेकेर बाटो काटेको देख्न सकिन्छ। एउटा चार खुट्टे प्राणीले दुई खुट्टा टेकेर बाटो काट्दाको दृश्यलाई उनले आफ्नो क्यामेरामा कैद गर्न सफल भएको जनाएकी छन । उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ। कुकुर मालिकले हात दिन्छन्। कुकुर दुई खुट्टामा उभिन्छ। मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन्।



प्रतिक्रिया दिनुहोस्