बान्कुडा, १२ जेठ । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४।८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०।३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४।८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए ।