Logo

‘दुर्गममा सेवा गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनुपर्छ’



राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुर्गममा पुगेर सेवा दिने डाक्टर र स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्न सक्नुपर्ने बताउनुभयो ।

मोदी गाउँपालिकामा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको स्वास्थ्यकर्मीको सम्मान तथा विशेषज्ञसहितको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले सरकारी दरबन्दी रहेका दुर्गम ठाउँमा पुगेर सेवा गर्ने स्वास्थ्यकर्मीलाई राज्यका तर्फबाट प्रोत्साहन गर्ने नीति लिन ल्याउनु जरुरी रहेकामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “तलब, बढुवा र अन्य प्रोत्साहनका कार्यक्रमले दुर्गममा पुगेर सेवा दिन स्वास्थ्यकर्मीलाई जागरुक बनाउँछ ।” उहाँले प्रोत्साहनसँगै कानून पनि बाध्यकारी बनाएर एक पटक दुर्गम पुगेर सेवा गर्नैपर्ने बाध्यात्मक अवस्था ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मान हुनेमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जायश्वर गौतम, वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई, वरिष्ठ फिजिसियन डा विद्याननिधि पौडेलसहित ३० भन्दा स्वास्थ्यकर्मी हुनुहुन्छ । गाउँपालिका र रेडियो दिदीबहिनीको आयोजनामा भएको शिविरमा पहिलो दिनमै ५०० भन्दा बढी बिरामीले मुटु, आँखा, पेटलगायतका रोगको विशेषज्ञबाट स्वास्थ्य परीक्षण र उपचार गराएका छन् ।

दुई दिनसम्म चल्ने शिविरमा काठमाडौँ, पोखरा, बागलुङ र पर्वतबाट विशेषज्ञसहितको स्वास्थ्य टोली, उपकरण तथा रु १० लाखभन्दा बढी निःशुल्क औषधि वितरण गर्ने तयारीका साथ शिविर आयोजना गरिएको डा विनोदबन्धु शर्माले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्