Logo

कम्युनिष्टले पार्टी एकता गर्नुको कारण खुलाए गगन थापाले



नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताउनुभएको छ ।जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताउनुभयो ।

काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उहाँले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गर्नुभयो । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उहाँले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गर्नुभयो । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उहाँले जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्