नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र गृहमन्त्री राम बहादुर थापाको उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रकिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो ।
पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ ।थापा समूहबाट एक सचिबालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन् ।
तत्कालीन नेकपा एमाले माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए ।
जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिब र केही जिल्लामा अध्यक्षसमेल आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ ।
एकीकरणको कार्यदलमा रहेका थापाले अधिकांश स्थानमा आफू पक्षधर नेताहरुलाई स्थापित गर्न सफल भएका छन् ।पूर्वमाओवादीको भागमा परेका सातवटा जनबर्गीय संगठनमध्ये चारवटाको नेतृत्व थापा पक्षले पाएको छ ।
जिल्लातर्फ ७ जना अध्यक्ष र ९ जना सचिब थापा समूहले पाएको छ । जिल्ला समितिको सदस्यमा पनि थापा समूहको बलियो उपस्थिति देखिएको छ । -नागरिक दैनिकबाट