Logo

सार्वजनिक सवारीको भाडा वृद्धि नाटकिय रुपमा स्थगित



काठमाडौँ, जेष्ठ ३० । सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै नाटकिय रुपमा निर्णय फिर्ता लिएको जनाएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो २० प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशनमा हाललाई फिर्ता लिएको विभावस्रोतले जनाएको छ ।आज दिउसो मात्रै विभागले ट्याक्सीमा १२ प्रतिशत र अन्य सार्वजनिक यातायातमा २० प्रतिशत भाडा बढाएको ठोकुवा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्