Logo

बलात्कार गर्ने छ वर्षपछि पक्राऊ



जेठ ३१, काठमाण्डौ । किशोरावस्था टेक्दै थिइन् उनी । विहान साँढे सात बजे जङ्गल पुगेकी उनलाई किशोरावस्था कट्नै लागेको रमेश थापाले देख्यो ।

विहानै मनमा पाप पलायो । बालिकाप्रति कुदृष्टि लगाइसकेको थियो । चक्कु देखाएर तर्सायो । आफूले भनेको नमाने ज्यान लिने धम्की दिएपछि बालिका आत्तिइन् । रुन कराउन खोजिन् । तर, राक्षसीपन देखायो रमेशले । जङ्गलमै बलात्कार ग¥यो । निर्दोष बालिकाको जीवन त लिएन तर तन मनमा चोट पु¥यायो । कहिले निको नहुने चोट थियो त्यो ।

१६ मंसिर २०७० को विहान काभ्रे जिल्ला पोखरीचौरी गाविस ४ स्थित रैकर जङ्गलको घटना थियो त्यो । घटनाका साक्षी रमेश र बालिका बाहेक रुखविरुवा र चराचुरुङ्गी मात्र थिए ।

बालिका निकै डराइन् । मनमा साहस जुटाएर घरपरिवारलाई भनिन् । रमेशमाथि प्रहरीमा उजूरी दर्ता भयो । दोषी १७–१८ वर्ष बीचमा रहेकाले अदालतले ८ वर्ष कैद सजाय सुनायो ।

अपराधी फरार

अदालतको फैसलापछि रमेश फरार भयो । सिन्धुपाल्चोक बतासे २ स्थायी घर भएको उसले नाम परिवर्तन गरेर लुकीछिपी बस्यो । छ वर्ष बित्दा रमेश किशोरावस्था पार गरी उमेर चढ्दै थियो । प्रहरीले पिछा छाडेन । खोजी गरिरहेकै थियो ।

यसरी पक्राऊ परे

३० जेष्ठ २०७६ मा रमेश किर्तिपुर नयाँबजारबाट पक्राऊ प¥यो । केन्द्रीय अनुसन्धान ब्युरोले छ वर्ष देखि फरार रमेशलाई खोजेर समात्यो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मीका अनुसार निरबहादुर भन्ने रमेश थापालाई अदालतको आदेशले कैद भुक्तानिका लागि कारागार कार्यालय जगन्नाथदेवले पठाइसकिएको छ ।

सीआइबीले पछिल्लो समय फरार अभियुक्तहरुलाई धमाधम पक्राऊ गरिरहेको छ । उसले वर्षौं अगाडि हत्या, डकैती, बलात्कार जस्ता गम्भीर अपराधमा संलग्न भई फरारलाई पक्राऊ गरेर प्रहरीबाट अपराधी उम्कन नसक्ने पुष्टि गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्