काठमाडौं, १ असार । कलंकीबाट बस थानकोटतर्फ जाँदै थियो । ना ३ ख ६५२५ नम्बरको बसमा चेकजाँच गर्न खोज्यो प्रहरीले । चेकजाँच नगर्न भन्दै विष्णु केसीले एक हजार रुपैयाँ घुस दिने खोजे । प्रहरी कडा रुपमा प्रस्तुत भएर केसीलाई तत्काल पक्राऊ गरे ।
एक हजार घुस दिन खोज्ने केसी वाफल बस्दै आएका थिए । प्रहरीका अनुसार घुस दिन खोजेको अभियोगमा उनीमाथि अनुसन्धान चलिरहेको छ ।