काठमाडौं, २ असार । भू–माफियाले भेडा बाख्राको खोरको जग्गा पनि छाडेनन् । त्यो पनि दुर्गम जिल्ला कर्णाली गुठीचौरको ।
भेडा बाख्रा पालनका गुठीचौरस्थित गुठीचौर भेडा बाख्रा फारामको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीले भूमाफियासँग मिलेर व्यक्तिको नाममा कायम गरे । उक्त जग्गा विक्रीवितरण समेत भइसकेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९३ हजार वर्ग मिटर क्षेत्रफलको जग्गा व्यक्तिको नाममा बाँडफाँड गरी विक्री गरेको उजूरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छाविन ग¥यो । भेडा बाख्रा कार्यक्रमका नाममा जनिएको सरकारी जग्गा कीर्ते गर्न भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक यमुना कुमार श्रेष्ठलाई समेत प्रभावित पारियो ।
गैरकानुनी मिलापत्रमा संलग्न भएर श्रेष्ठका अलावा मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गौविन्द प्रसाद न्यौपाने, खरिदार विजय शर्मा न्यौपाने समेत संलग्न भए । उनीहरुलाई प्रभावमा पारेर हरिहर न्यौपाने, मुनिशचन्द्रै न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, पार्वती न्यौपाने, नव ऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्र न्यौपाने समेतलाई अख्तियारले पक्राऊ ग¥यो ।
कर्मचारीसहित १६ जनामाथि भ्रष्टाचार गरेको मागदाबी सहित सोमबार विशेष अदालत, काठमाडौंमा मुद्या दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उनीहरुलाई सजाय दावीसहित दुई करोड भन्दा बढी बीगो दाबी गरिएको छ ।