रुपन्देही, ३ असार । एकजना भारतीय नागरिकको लगेजबाट चेकोस्लोभाकियामा बनेको पेस्तोलसहित गोली र म्याग्जीन फेला परेपछि भैरहवास्थित विमानस्थलको स्थिति असामान्य भयो । तत्काल सुरक्षाकर्मीहरु सतर्क भए ।
विमानस्थलमा पक्राऊ परेका उनीबारे प्रहरीले गम्भीर अनुसन्धान ग¥यो । बुद्ध एयरमा प्रवेश गर्न लाग्दा चेकजाँचका क्रममा उनी पक्राऊ परेका हुन् । नेपालभित्र सम्म उनले कसरी पेस्तोल ल्याइपु¥याए ? यसबारे चासो बढेको छ ।
मङ्गलबार भैरहवाबाट पोखराका लागि उड्न लागेका ५० वर्षीय उमेश शुक्ला चेकजाँचका क्रममा पक्राऊ परेका हुन् । प्रहरीका अनुसार मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल, गोली १६ राउण्ड र म्याग्जीन दुई थानसहित उनलाई पक्राऊ गरिएको हो ।
पक्राऊ परेका शुक्लामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी पेस्तोलसहित नेपाल छिर्न कसरी सफल भए भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।