Logo

जङ्गबहादुरलाई ठूलो सलामी कि देउवा र ओलीलाई



काठमाडौं, ४ असार । बेलायत यात्रामा निस्केका जङ्गबहादुरले ब्रिटिश शासित भारतमै सलामी खाइसकेका थिए । जहाजको यात्रा हुँदै बेलायत पुगेपछि त्यहाँ पनि सलामी खाए ।
जङ्गबहादुरको बेलायत यात्रा देखि उनले खाएको सलामीको विषय अझै पनि चासोको विषय बनेको छ । बेलायतको राजकीय भ्रमण गर्ने एशियाकै पहिलो नेता बनेका जङ्गबहादुरको यात्राबारे अध्ययनकर्ताहरुले गहिरो अध्ययन गरिरहेका छन् ।

जङ्गबहादुरपछि कुनै पनि प्रधानमन्त्रीले बेलायतको राजकीय भ्रमणको निम्तो पाएनन् । अन्य कार्यक्रममा गए आए । उनीहरुको इज्जत धान्न सलामी दिन्थे, त्यो पनि ब्रिटिश गोर्खाको तर्फबाट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बेलायत यात्रामा सलामी पाए । २८ जेठमा लण्डनको स्यान्डहर्टस्ट स्थित ब्रिगेड अफ गुर्खा हेडक्र्वाटरको अवलोकन भ्रमण गर्दा ब्रिटिश गोर्खाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा आफू बेलायत जाँदा गार्ड अफ अनर पाएको दाबी गरे । उनले आफूले ठूलो सलामी पाएको दाबी गर्दै संसदमा ओलीको बेलायत यात्रा हल्का भएको टिप्पणी गरे ।
कस्ले खाएको सलामी ठूलो भन्ने विषयले नेपाली राजनीतिमा चर्चा पाएको छ । देउवाले मुखै फोरेर बेलायतले आफूलाई उच्च सम्मान दिएर त्यहाँको सेनाले सलामी दिएको दाबी गरे । तर, देउवाले पनि बेलायतको राजकीय भ्रमणको निम्तो अहिलेसम्म पाएका छैनन् । उनी विद्यार्थी नेता हुँदा बेलायतमा केही वर्ष अध्ययन गरेर फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्