Logo

नक्कली डिएसपी यसरी पक्राऊ परे



काठमाडौं, ६ असार । भोला गौतम डिएसपीको युनिफर्म लगाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्थे । उनी आफूलाई साँच्चैको डिएपी भनेर मानिसहरुलाई धम्की दिन्थे ।

सर्वसाधारणलाई धाक धम्की दिदै अभद्र व्यवहार गर्थे गौतम । काभ्रे घर भई जोरपाटी बस्ने भोला गौतमको अभद्र व्यवहारका कारण उनीमाथि उजूरी प¥यो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलार्य बौद्ध नयाँबस्तीबाट बिहिबार पक्राऊ ग¥यो ।

नक्कली डिएसपी गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्