Logo

‘राजा वीरेन्द्रलाई जसरी सुईँक्याउँछन्, मदन भण्डारीलाई झै गुल्टाउँछन्’ भिडियोसहित



काठमाडौं, १५ असार ।  नेपालको खलासी दाबी गर्ने लक्ष्मण खड्का विवादास्पद गतिविधि गरिरहन्छन् । कसैसँग नडराउने र मनमा लागेको कुरा प्रष्ट बोल्ने उनलाई धेरै स्थानमा जान रोकिएको छ ।

देशमा कुनै दुर्घटना हुनसक्ने भन्दै उनले ठूलो ओहदाको व्यक्तिको हत्या हुने ठोकुवा गरेका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भने,‘देशमा ठूलो हत्याकाण्ड हुने पक्का छ ।’

विगतमा राजा वीरेन्द्रको वंशनाश पारिएको र मदन भण्डारीको समेत षड्यन्त्रपूर्वक हत्या भएको भन्दै खड्काले यस्ता हत्या विशेष योजना अनुसार भएको बताए । नेताहरुको मुखबाट नै यी दुई घटना पत्ता लगाउन कठिन हुनेगरी षड्यन्त्र रचिएको भन्ने वाक्यांश आएबाट थप पुष्टि हुने बताए ।



प्रतिक्रिया दिनुहोस्