काठमाडौं, १६ असार । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
जुलाई २० देखि २८ तारिखसम्म सिंगापुरमा हुने खेलका लागि कप्तान पारस खड्काको कप्तानीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, अभिनाश बोहोरा र प्रदिप ऐरी रहेका छन ।
त्यस्तै, बैकल्पिक खेलाडीको रुपमा आरिफ शेख, जितेन्द्र मुखिया, कुशल भुर्तेल र सुशन भारी रहेका छन । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतारगरी पाँच देशले प्रतिस्पर्धा गर्दैछन् । नेपालले जुलाई २३ मा कतारसँग समूह चरणको पहिलो खेल खेल्ने जनाइएको छ ।