काठमाडौं, १७ असार । भुटानको थिम्पुमा जारी ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगिता मेन्स सिंगल्स, लेडिज सिंगल्स, ४५ समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश रहेका छन्।
नेपालको तर्फबाट राप्रपा अध्यक्ष कमल थापा मैदानमा उत्रेका छन । आज मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई ७–५–७–६ र एवन लिसानेविचले भुटान कै जिग्मे नोर्बु लाई ६–०–६–२ मा पराजित गर्न बने । प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ।