Logo

सरकारले अराजकता नियन्त्रण गर्न खोजेको होः मन्त्री बाँस्कोटा



काठमाडौं, २० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई रोक्नेतर्फ कुनै प्रयास नगरेको बताएका छन ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बास्कोटाले मन्त्रालयमाथि उठाउनुभएको प्रश्नको जवाफ दिँदै अभिव्यक्ति स्वतन्त्रतालाई नभई अराजकतालाई नियन्त्रण गर्न खोजेको स्पष्ट पार्न खोजेका छन।

“पे्रसलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न पनि सकिँदैन, अराजकता भने नियन्त्रण गर्नैपर्छ । हामी मात्रै होइन, जो आए पनि रोक्थ्यो । स्वतन्त्रता जो आए पनि रोक्न सक्दैन ।” उनले बताए ।

मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सदनबाहिर भइरहेको छलफलको अर्थ नरहेको बताउदै उनले छलफल गर्ने उपयुक्त थलो सङ्घीय संसद् भएको हँदा संसदमा प्रस्तुत भएर कुरा गर्न पनि आग्रह गरेका छन ।

‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भनेकै संसद् हो । यही नै छलफल हुनुपर्छ ।’ उनको भनाई रहेको छ ।जुनसुकै कानून निर्माणका सम्बन्धमा संसद्मा नै छलफल हुनुपर्छ भन्ने विषयमा कोही कसैले पनि तर्सनु नपर्नेमा जोड दिनुभयो ।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनै पर्ने र त्यसलाई कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको पनि जनाएका छन । लोककल्याणकारी विज्ञापनलाई समेत थप व्यवस्थित बनाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्न लागिएको उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्