काठमाडौं २७ असार । लगातारका वर्षाका कारण देशभरी डुबान र पहिरोको जोखिम बढेको छ । तराईमा डुबानको सम्भावना बढेको छ भने पाहाडमा पहिरोको जोखिम बढेको छ । मुख्न नदीमा पानीको बाशाव उच्च देखिएको छ । विराटनगरका अधिकांश क्षेत्र जलमग्न भइसकेका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ।
सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् । रौतहट पनि डुबानमा परेको छ । बाँकेको नजेपालगञ्जका धेरै भाग जलमग्न देखिएका छन् । बाजुरामा नदी थुनिएको छ । आशि)क रुपमा नदी थुनिदा नागरिक त्रासमा देखिएका छन् ।
त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ । बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ । बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन् । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन् ।